ad ad

कारोबार


काठमाडौँ-२ को रणनीतिक सडक कालोपत्रे

काठमाडौँ-२ को रणनीतिक सडक कालोपत्रे

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ९:५३, काठमाडौँ

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को रणनीतिक सडक कालोपत्रे गरिएको छ।

निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तरगर्तको साँखु–बज्रयोगिनी–घुमारचोक–डाँडाकटेरी–चौकीभन्ज्याङ–धारापानी– पटाप–कुन्डेश्वर सडकमा दोश्रो चरणको कालोपत्र पूरा भएको हो।

करिब २३ किमी लामो यो सडक कालोपत्रेको लागि आर्थिक वर्ष २०७८÷७९ मा करिव २० करोड बजेट बिनियोजन भएको थियो।

२ अर्ब भन्दा धेरै लागत अनुमान गरिएको यो सडकमा पहिलो चरणमा २० करोड बजेटले साढे ३ किलोमिटर सडक कालोपत्रे गरिएको थियो। साँखु बजारदेखि प्रसिद्ध धार्मिक स्थल बज्रयोगिनीसम्म कालोपत्रे भएको भौतिक पूर्वधार मन्त्रालयले जनाएको छ। 

पहिलो चरणमा डीबीएम कालोपत्र गरिएको यो सडकमा हाल आसफाल्ट गरिएको  छ। 

सडकको पूरै खण्ड निर्माण भए शंखरापुर नगरपालिकाका २,४,७ र ८,  जोडिने छ। साथै यस भेगकै इस्कुस खेतिका लागि प्रसिद्ध वडा नम्बर ४ को लप्से र वडा नम्बर ८ को घुमारचोकका किसानलाई उत्पादित तरकारीलाई बजारसम्म पुर्याउन धेरै सहज हुने वडाध्यक्ष पोते थिङले जानकारी दिए।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले यो सडक निर्माणको लागि पहल गरेका थिए। 

२०७९ भदौ २६ गते नेपालले सिलन्यास गरेको यो सडकमा निर्माण कार्य कमलजित आरए बिल्डर्सले गरेको हो। पूर्वप्रधानमन्त्री नेपाल काठमाडौँ क्षेत्र नम्बर २ को जनप्रतिनिधि हुँदा यो सडकलाई निर्वाचन क्षेत्र रणनीतिक सडकमा समावेश गरिएको थियो। 

पहिलो खण्ड कालोपत्रेको काम ९० प्रतिशत सम्पन्न भएको र ट्राफिक संकेत र सडक रंगरोगनको काम बाँकी रहेको निर्माण व्यवसायी समशेर शाक्यले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .