ad ad

कारोबार


सिप्रदीद्वारा भूकम्प पीडितलाई ५५ लाखको राहत वितरण

सिप्रदीद्वारा भूकम्प पीडितलाई ५५ लाखको राहत वितरण

नेपालखबर
मंसिर ४, २०८० सोमबार १५:१७, काठमाडौँ

सिप्रदीले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामग्रीहरू राहतस्वरुप वितरण गरेको छ।

सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ प्रा.लि.को संयुक्त प्रयासमा पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू. ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ।

तिहारमा लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरूले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरू (त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरूको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो।

संस्थाका अनुसार हस्तान्तरण गरेका सामग्रीहरूबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन्।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले भने, ‘भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितहरूलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरेका छौं। प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेका छौं र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुराउने नै छौं।’

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले भूकम्प प्रभावित जनताको लागि सिप्रदी सहायता संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गरे।

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट्स सँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनर्स्थापना परियोजना’को सुरूवात गरेको थियो। सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनःर्निर्माण र हस्तान्तरण गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .