ad ad

कारोबार


झिनो अंकले बढ्यो बजार, १५ दिनपछि उच्च कारोबार

झिनो अंकले बढ्यो बजार, १५ दिनपछि उच्च कारोबार

नेपालखबर
मंसिर ४, २०८० सोमबार १५:२०, काठमाडौँ

सेयरबजार झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको हो।

कारोबारको सुरुवातिमा उकालो लागेर १८७२.८६ उच्च विन्दुमा पुगेको बजार सोही विन्दुमा अडिन सकेन। फलस्वरुप बजार १८५३.४८ विन्दुमा रोकिएको हो।

झिनो अंकले बढेको बजारमा १ अर्ब ९ करोडको कारोबार भएको छ। उक्त कारोबार रकम पछिल्लो १५ कारोबार दिनपछिको उच्च हो।

आज कारोबारमा आएका ११९ कम्पनीको सेयरमूल्य बढ्दा ११३ कम्पनीको घटेको छ। साथै, ६ कम्पनीको सेयरमूल्य स्थिर नै छ।

आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।

त्यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको ९।९६ प्रतिशत, समाज लघुवित्तको ८.०७ प्रतिशत र साहस ऊर्जा कम्पनीको सेयरमूल्य ७.७५ प्रतिशतले बढेको छ। हिमालयन डिस्टीलरीको सर्वाधिक ७ करोड ३६ लाखको कारोबार भएको छ।

फडवार्ड माइक्रोफाइनान्स लघुवित्त र सयपत्री हाइड्रोपावरको सर्वाधिक १० प्रतिशतका दरले सेयरमूल्य घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .