ad ad

कारोबार


नेपाल उड एक्स्पो सुरु

नेपाल उड एक्स्पो सुरु

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १०:४,

भृकुटीमण्डपमा छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो सुरु भएको छ।

शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरे। नेपाली उद्यमी र आम नागरिकका लागि केही नयाँ उत्पानसँग परिचित गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका निर्देशक सृजल भट्टराईले बताए।

मेलामा फर्निचर, काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र प्रविधिको विषयमा जानकारी पाउने उनले बताए। घरमा प्रयोग हुने फर्निचरका सामानदेखि लिएर इन्टेरियर डिजाईन लगायतका विभिन्न उत्पादन प्रदर्शनीमा राखिएका छन्। मेलामा भारत, चीन, अमेरिका इटाली र जर्मनी लगायत विभिन्न १० देशका १७३ ब्राण्ड प्रदर्शनीमा राखिएको उनले बताए।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्ने छ। १५ देखि २० हजारसम्म दर्शकले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ। मेलामा प्रवेश निःशुल्क गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .