ad ad

कारोबार


वायुसेवा निगमले तिर्‍यो वाइडबडी र न्याराेबडी विमानकाे १ अर्ब किस्ता रकम

वायुसेवा निगमले तिर्‍यो वाइडबडी र न्याराेबडी विमानकाे १ अर्ब किस्ता रकम

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १०:१२,

नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएकाे रकमकाे किस्ता तिरेकाे छ। निगमले जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ताबापत साढे ६६ करोड रकम भुक्तानी गरेको हाे।

दुईवटा वाइडबडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी जम्मा १ अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ भुक्तानी गरेको जनाएकाे छ।

निगमले वाइडबडीकाे लागि दुवै काेषबाट गरी २४ अर्ब ऋण लिएकाे थियाे। साेही ऋणकाे पहिलाे किस्ताबापत उक्त रकम शुक्रबार बुझाएकाे निगमले जनाएकाे छ। निगमले दुइवटा वाइडबडी विमान वि.सं. २०७५ असार र साउनमा ल्याएकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .