सेयरबजार ११.०४ अंकले घटेको छ। आज नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ अंकमा अडिएको हो।
घटेको बजारमा १ अर्ब १० करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब १७ करोडको कारोबार भएको थियो।
आज ४८ कम्पनीको सेयरमूल्य बढ्दा १७२ कम्पनीको घटेको छ। त्यसैगरी १२ कम्पनीको सेयरमूल्य स्थिर नै छ।
घटेको बजारमा सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आज इन्स्योरेन्सु कम्पनीको ४ करोड ४३ लाखको कारोबार भएको छ।
त्यसैगरी नबिल बैंकको ३ करोड १८ लाखको कारोबार भएको छ।
आज बाराहि हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.३० प्रतिशतले बढेको छ।
24
Shares
प्रतिक्रिया