ad ad

राजनीति


हङकङका महावाणिज्यदूतावासको मासिक भाडा ९-१० लाख छ, जनताको काम गर्दैनन् : सांसद शाही

हङकङका महावाणिज्यदूतावासको मासिक भाडा ९-१० लाख छ, जनताको काम गर्दैनन् : सांसद शाही

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८० बिहिबार १५:२४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले हङकङ, मकाउ, अस्ट्रेलिया, साउदी अरब र खाडी मुलुकका नेपाली नागरिकहरूले हजारौं पटक राजदूतावासको ढोका ढकढक्याउँदा पनि सेवा नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले त्यहाँका राजदूत र महावाणिज्यदूतले जनताको काम नै नगर्ने गरेको बताएका हुन्। 

‘अहिले पनि हङकङ, मकाउ, अस्ट्रेलिया, साउदी अरब र खाडी मुलुकका नागरिकले एम्बेसीको ढोका हजार पटक ढकढक्याउँदा पनि त्यहाँका महाममिम र महावाणिज्यदूतले जनताको काम गर्दैनन्,’ सांसद शाहीले भने।

साथै, उनले हङकङको त इतिहास नै फरक भएको बताए। 

‘हङकङको त इतिहास नै फरक छ। हङकङको महावाणिज्यदूतावासले एक वर्षमा ६ करोड आम्दानी गर्छ, ७ करोड खर्च गर्छ। त्यहाँको महावाणिज्यदूतज्यूको मासिक भाडा मात्रै ९ देखि १० लाख रुपैयाँ छ,’ सांसद शाहीले भने, ‘तर त्यहीँ उतापट्टि मकाउमा ७० हजार नेपाली रुपैयाँमा घर भाडामा लिएर काम हुँदैन।’

संसद्‌मा उनले प्रधानमन्त्रीसहितको टोलीले गरेको चीन भ्रमणको उपलब्धिको खोजी गरे। 

‘प्रधानमन्त्रीसहितको जम्बो टोलीले अस्ति भर्खरै चीन भ्रमण गरेर आउनुभयो। उहाँले संसद्‌मा लामो भाषण गर्नुभयो, हामीले तल बसेर धपधपधप ताली बजायौँ। भ्रमणको उपलब्धि के थियो?,’ उनको प्रश्न थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .