ad ad

कारोबार


बुद्ध एयरकाे काठमाडाैं-राजविराजबाट उडान सातै दिन

बुद्ध एयरकाे काठमाडाैं-राजविराजबाट उडान सातै दिन

नेपालखबर
माघ १३, २०७६ सोमबार १४:५६,

बुद्ध एयरले आउँदो माघ १८ गते शनिवारदेखि राजविराजबाट सातै दिन उडान गर्ने तयारी गरेको छ। उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयर राजविराजका स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताए।

नियमित उडानले पर्यटन प्रवद्र्धनका साथै भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे। यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा बुद्ध एयरले भने सातै दिन एक/एक उडान गर्ने भएको छ।

प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने औपचारिक जानकारी दिइएको छ।

राजविराज विमानस्थल तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा शिलान्यास गरेका थिए। सप्तरीको विष्णुपुर गाउँपालिकास्थित रहेको राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण कार्य सम्पन्न गरी २०७५ जेठ १० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .