ad ad

कारोबार


क्लासिक टेकको चाडपर्व अफर : दसैँ तिहारको खुसीयाली- नेट, टीभी र राउटर यसपाली

क्लासिक टेकको चाडपर्व अफर : दसैँ तिहारको खुसीयाली- नेट, टीभी र राउटर यसपाली

नेपालखबर
असोज १४, २०८० आइतबार १७:५९, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान् चाड विजया दशमीको शुभ अवसरमा आफ्नो दशैं योजना सार्वजनिक गरेको छ।

क्लासिक टेकमा आबद्ध हुन चाहने नयाँ ग्राहकहरुले २०० र ३०० एमबीपीएस इन्टरनेट मात्र रु ९०७ स्टार र ११७७ स्टार क्रमश मा पाउन सक्नेछन्। अफर अन्तर्गत जेडटीईको ५जीएचजेड राउटर र स्मार्ट सेट टप बक्स निशुल्क पाउनेछन्। सेकेन्ड्री राउटर जडान गर्न चाहने ग्राहकहरुका लागि कम्पनीले अहिले सम्मकै सबै भन्दा सस्तो मूल्यमा सेकेन्ड्री राउटर प्रदान गर्ने जनाएको छ

क्लासिक टेकले क्यारो टेल कम्पनीसँग मिडिओकनको स्मार्ट टीभी सेट बिक्री वितरणका लागी साझेदारी गर्ने भएको छ। गत वर्ष जस्तै कम्पनीले भिडिओकनको ३२ इन्च तथा ४३ इन्चको स्मार्ट टीभी सेट बजारको मूल्य भन्दा निकै कम समायोजित मूल्यमा पाउन सक्नेछन्। भिडिओकन ३२ इन्च स्मार्ट टीभी रु १९ हजार १३१ र ४३ इन्च स्मार्ट टीभी रु २८ हजार ७०१ मा लिन सकिने कम्पनी ले बताएको छ।  

कम्पनीले आफ्ना प्रयोगकर्ताहरुका लागि समेत विषेश अफर ल्याएको जनाएको छ।

ग्राहकहरुले २५० एमबीपीएस को वार्षिक नवीकरणमा ५०० एमबीपीएस इन्टरनेट स्पीड पाउन सक्नेछन् भने १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको कम्पनीले बताएको छ। वार्षिक रिचार्जमा पनि जेडटीई को ५जीएचजेड राउटर निशुल्क पाउनेछन् भने  भिडिओकनको ३२ इन्च तथा ४३ इन्चको स्मार्ट टीभी सेट पनि सुपथ मूल्य लिन सकिने कम्पनीले बताएको छ ।

अफरहरु र अन्य जानकारीका लागि ९८०१००४४७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .