ad ad

राजनीति


गगनको प्रस्ताव : समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिऔं, कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं

गगनको प्रस्ताव : समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिऔं, कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १८:२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले समाजवादी मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिएर आफूहरूले फ्लोरबाट समर्थन गर्ने प्रस्ताव अघि सारेका छन्। 

आइतबार कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनलाई गर्दै महामन्त्री थापाले त्यसका लागि अहिले नै कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने प्रस्ताव गरेका हुन्। 

‘गठबन्धनमा नयाँ कल्चरको बारेमा छलफल गरौं। उहाँहरुले मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ। म के प्रस्ताव गर्न चाहन्छु भने, यो दुई अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ। प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने कुरा छ। उहाँहरुको एउटै मोर्चा छ,’ थापाले अघि भने, ‘कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलऔं। दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’

अढाई वर्ष समाजवादी मोर्चाले नेतृत्व गरेपछि त्यसपछिको दुई वर्ष कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ थियो। 

‘यो अढाई वर्ष मोर्चालाई चलाउन दिऔं। हामी फ्लोरबाट सहमति जनाउने वा नजनाउने गरौं। त्यसपछिको दुई अढाई वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ। कांग्रेसले एक्लै चलाउनुपर्छ। त्यो एक्लै हुँदा जस भएपनि अवजस जे भएपनि कांग्रेसले लिनुपर्छ। अनि पो बल्ल हुन्छ,’ थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .