ad ad

कारोबार


अम्बा ग्रुपद्वारा हेड्ज हेल्मेटको एक्स्टर मोडल सार्वजनिक

अम्बा ग्रुपद्वारा हेड्ज हेल्मेटको एक्स्टर मोडल सार्वजनिक

नेपालखबर
असोज ८, २०८० सोमबार १३:२५, काठमाडौँ

टु ह्विलर्स स्पेयर्स पार्टस तथा हेलमेट उत्पादनमा भारतीय अग्रणी कम्पनी साई ग्रुपको उत्पादन हेड्ज हेल्मेटको एक्स्टर मोडल नेपाली बजारमा सार्वजनिक भएको छ। साइ ग्रुपका लागि नेपालको आधिकारिक बिक्रेता अम्बा ग्रुप प्रालिले शनिबार एक कार्यक्रमबीच हेलमेट सार्वजनिक गरेको हो।

लामो समयको परीक्षण पछि सुरक्षित र बलियो हेलमेट कम्पनीले बजारमा ल्याउन सफल भएको साई ग्रुपका प्रबन्ध निर्देशक सञ्जिब कपुरले बताए।

‘यो हेलमेट नेपाली बजारमा समेत लोकप्रिय हुनेमा हामी विश्वस्त छौं,’ उनले भने। कम्पनीले नयाँ मोडललाई प्राथमिकता दिने क्रममा हेड्ज एक्स्टर मोडल बजारमा ल्याउन सफल रहेको बताए।

कार्यक्रममा बोल्दै अम्बा ग्रुपका प्रबन्ध निर्देशक अरुण अग्रवालले हेड्जको एक्स्टर मोडल राम्रो, बलियो र सुरक्षित हेलमेट रहेको बताए।

‘आजबाट देशभरको बजारमा यो हेलमेट उपलब्ध छ,’ उनले भने। एक्स्टर मोडलमा विभिन्न प्रिन्ट डिजाइन तथा कलरका हेलमेलहरु उपलब्ध छन्।

अम्बा ग्रुपले बिगत २ वर्षदेखि साही ग्रुपको आधिकारिक बिक्रेता भएर काम गरिरहेको छ। साई ग्रुपद्वारा उत्पादित हेड्ज हेलमेटसँगै एएनजी हेलमेट, रिप्ले हेलमेट, एरोस्टार हेलमेटलाई पनि कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।

कम्पनीले फुल, हाफ लगायत ९ रेन्जका हेलमेट बजारमा उपलब्ध गराउन सफल रहेको अम्बा ग्रुपका हेड अप डिपार्टमेन्ट भास्कर अग्रवालले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .