ad ad

कारोबार


ह्वावे र आईटीयूबीच सहकार्य

ह्वावे र आईटीयूबीच सहकार्य

नेपालखबर
असोज ४, २०८० बिहिबार १७:३४, काठमाडौँ

डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षामन्त्रीहरूको संगठन (सीमईयो) ले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ को आयोजना गरेको छ।

ह्वावेको पहलमा एशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि ‘कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारालाई सार्थक बनाउन १९ एशिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरुले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ मा भाग लिएका छन्।

नेपालका चार विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीहरुसँग ‘सीड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी भएका छन्। यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्वस्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश छ।

समिटको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एशिया प्यासिफिकका अध्यक्ष साइमनलिनले भने, ‘ह्वावेले ‘सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो वर्ष हो। हरेक वर्ष, हामी केही नयाँ, थप साझेदारहरू सामेल भएसँगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौं, तथापि यसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन्।’

शिखर सम्मेलनको मुख्य भागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले एशिया–प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू– आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशी पूर्वाधार, डिजिटल क्षमता निर्माण, युवती तथा युवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहँदै संयुक्त घोषणा गरेका थिए।

कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमा प्यानल छलफलद्वारा समापन गरिएको थियो। कार्यक्रममा नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका विज्ञहरू, ह्वावे र ‘सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रका भविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामा गहिरो प्रकाश परेको थियो।

यो प्रतिभा शिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमा ह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुत अनुभवको विस्तार हो। त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अद्वितीय अनुभव प्राप्त गरेका थिए।

आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो।

सीड्स फर द फ्युचर
‘सीड्स फर द फ्युचर’ ह्वावेको पहलमा संचालित कार्यक्रम हो, जहाँ भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्ताहरुलाई प्रविधि र अन्तर–सांस्कृतिक अनुभवहरूका साथै टेक फर गुड परियोजनाहरू मार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ सञ्चालित रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .