ad ad

खेल


साफ यू-१९ च्याम्पियनसिप : भारतको सानदार सुरुवात

साफ यू-१९ च्याम्पियनसिप : भारतको सानदार सुरुवात

नेपालखबर
असोज ४, २०८० बिहिबार १७:४१, काठमाडौँ

दशरथ रंगशालामा बिहीबारदेखि सुरू साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले सुखद सुरुवात गरेको छ।

छिमेकी बंगलादेशलाई ३–०  गोलअन्तरले हराउँदै भारतले विजयी सुरुवात गरेको हो। 

भारतलाई जिताउने क्रममा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले एक-एक गोल गरे।

यस प्रतियोगितामा घरेलु टोली नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन्।

प्रतियोगिताअन्तर्गत  नेपाल, पाकिस्तान र माल्दिभ्स समूह 'ए' मा छन्। उता समूह 'बी'मा भारत, बंगलादेश र भुटान छन्। 

प्रतियोगिताको दोस्रो खेलमा अहिले साँझ साढे ५ बजेदेखि नेपाल र  पाकिस्तान भिडिरहेका छन्। 

समूह चरणबाट दुई-दुई शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन्। यो प्रतियोगिता असोज १३ गतेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .