नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरेको छ।
राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरी उत्पादनमूलक कम्पनीलाई केही राहातको व्यवस्था ल्याएको छ।
एक र दुई करोडको चालु पुँजी कर्जा सीमा निर्धारण गर्दा (उत्पादनमुलक उद्योग हकमा ३ करोड र ४ करोड) चालु पुँजी कर्जा उपयोग गर्दा चालु पुँजी कर्जा व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
नेपाल राष्ट्र बैंकले भनेको छ, '१ करोडससम्म (उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म) चालु पुँजी कर्जाको उपयोग गर्ने ऋणीको हकमा यो व्यवस्था लागू हुने छैन।’
त्यसैगरी २ करोडसम्मको कर्जा निर्धारण गर्दा उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म चालु पुँजी कर्जाको सीमा निर्धारण नहुने सर्कुलरमा उल्लेख छ।
तर, फर्म-संस्था वा कम्पनीलाई एक वा एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा ४ करोडसम्म)को चालु पुँजी कर्जाको सिमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार-बिक्रीको अधिकतम् २० प्रतिशतले हुन आउने रकमसम्म मात्र चालु पुँजी कर्जा सिमा कायम गर्नुपर्नेछ।
यस्तो कर्जाको अवधि भने १ वर्ष वा सो भन्दा कम हुनुपर्ने छ। यस्तो कर्जालाई वार्षिक नविकरण गर्न सकिने भनिएको छ।
२ करोडभन्दा बढी (उत्पादनको हकमा ४ करोड) चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा फर्म-संस्था वा कम्पनीलाई एक वा एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोड (उत्पादन उद्योग ४ करोड) बढीको चालु पुँजी कर्जाको निर्धारणका लागि चालु पुँजी आवश्यकताको विश्लेषण गर्दा प्रमानेन्ट वर्किङ क्यापिटल र फल्कचुइटेड वर्किङ क्यापिटलको पहिचान गर्नुपर्ने भएको छ।
Shares
प्रतिक्रिया