कारोबार


गरिमा विकास बैंकको शाखा पोखराको लेकसाइडमा

गरिमा विकास बैंकको शाखा पोखराको लेकसाइडमा

नेपालखबर
माघ ७, २०७६ मंगलबार ५:४०,

गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं.–६, लेकसाइडमा स्थापित लेकसाईड शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सोमबार नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका हुन्।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमा विकास बैंक लिमिटेडले पोखरा क्षेत्रको औद्योगिक, व्यावसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आइरहको र लेकसाईड शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए।

यसैगरी कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालज्यूले विकास बैंकले व्यवसायको विस्तार सँगसँगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिँदै आएको, संस्थागत सुशासनलाई सदैव प्राथमिकतामा राखेको र सामाजिक क्रियाकलापहरुमा जिम्मेवारी वहन गर्दै आएको कारणबाट उत्कृष्ट संस्थाको रुपमा स्थापित हुन सफल भएको बताए। उनले सम्पूर्ण आधुनिक सुविधासहित स्थापित लेकसाईड शाखा कार्यालयबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्ने बताए।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। विकास बैंकले माघ ५ गतेसम्म ३७ अर्ब ६० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब ६० करोड कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad