कारोबार


मोदी र ओलीद्वारा विराटनगरस्थित एकीकृत भन्सार जाँच चाैकी उद्घाटन

मोदी र ओलीद्वारा विराटनगरस्थित एकीकृत भन्सार जाँच चाैकी उद्घाटन

नेपालखबर
माघ ७, २०७६ मंगलबार ५:५४,

नेपाल–भारत सीमा क्षेत्र विराटनगरमा अवस्थित एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएको छ। नेपाल र भारतको दुई प्रधानमन्त्रीले उक्त चौकीको भिडियो कन्फरेन्समार्फत मंगलबार उद्घाटन गरेका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट आईसीपी (इन्टिग्रेटेट चेक प्वाइन्ट)को संयुक्तरुपमा उद्घाटन गरेका हुन्। याे नेपाल-भारत दाेस्राे भन्सार जाँच चाैकी हाे।

यो चौकी संरचनालाई नेपाली र भारत भन्सारले सञ्चालन गर्नेछ। आजदेखि सञ्चालनमा आएको भन्सार चौकीले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ। दुईतर्फी जाँच हुनेमा अब एकै स्थानमा हुने भएकाले भन्सारमा आयातनिर्यात प्रक्रियामा सहज हुनेछ। जोगबनी र भन्सार क्षेत्रमा लाग्ने घण्टौंको भीड अन्त्य हुने बताइएको छ।

जोगबनी नाकामा लाग्ने अत्याधिक भिडलाई नियन्त्रण गर्ने भनी निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आईसीपी)भन्सारको काममा पनि सजिलो र छिटो हुने बताइएको छ।

दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीसँगै उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव गोख्ले, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य समेत सहभागी थिए।

भारतसँग मिलेर परियाेजना समयमै सक्न सघाउँछाैँः ओली
आईसीपी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीच रहेका सबै समाधान गर्नुपर्ने मुद्दाहरु संवादको माध्यमबाट समाधान गरिने बताएका थिए। साथै उनले दुई देशबीचको सम्बन्ध अझै मजबुत पार्ने जनाएका थिए।

पुनर्निर्माणमा भारतले सघाएको र समयमै परियोजना सकिँदा त्यसले सहकार्य थप गहिराइमा पुग्ने बताए। परियोजना समयमै सम्पन्न गर्न भारतसँग मिलेर काम गर्ने उनको भनाइ थियो। 

यही वर्ष नेपाल भ्रमण गर्छुः माेदी
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा २०१५ मा भूकम्प जाँदा सुरुमा आफूले नै सहयोग गरेको स्मरण गर्दै यस क्षेत्रमा कनेक्टिभिटीमा भारतको मुख्य जोड रहेको बताए। उनले यसै वर्ष नेपालको भ्रमण गर्ने समेत उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad