समाज


चीनको कोरोना भाइरसले लियो चौथो ज्यान, मानिसबाट सरेको पहिलोपटक पुष्टि

चीनको कोरोना भाइरसले लियो चौथो ज्यान, मानिसबाट सरेको पहिलोपटक पुष्टि

नेपालखबर
माघ ७, २०७६ मंगलबार ५:३८,

पहिलोपटक देखा परेको यस भाइरसलाई कोरोना भनिएको छ। यस भाइरसका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ।

चौथो मृत्युपछि यस भाइरस मानिसबाट पनि सर्ने पुष्टि भएको छ। यसअघि मानिसबाट नसर्ने र सि फुडको उपयोगले यस भाइरस सरेको बताइएको थियो।

वुहान शहरका ८९ वर्षीय एक वृद्धको मृत्यु कोरोना भाइरसबाटै भएको र उक्त भाइरस मानिसबाट सरेको बताइएको छ।

वुहान शहरमै गत डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। यस भाइरसले निमोनिया निम्त्याउने जनाइएको छ।

चिनियाँ अधिकारीका अनुसार बेइजिङ र सांघाइमा हालसम्म २ सयभन्दा बढी कोरोना भाइरस पीडित देखा परेका छन्।

यद्यपी वेलायती अधिकारीहरुले त्यहाँ ७ सयभन्दा बढी संक्रमित भएको आशंका गरेका छन्। कोरोना भाइरस थाइल्यान्ड, जापानमा पनि देखा परेका छन्।

जसका कारण ती देशहरुले चीनबाट आउने पर्यटकको स्वास्थ्य परीक्षणमा कडाइ गरेका छन्।

एक विज्ञप्तीमा वुहान म्युनिसिपल हेल्थ कम्मिसनले आफ्नो १५ चिकित्सकीय क्षेत्रमा काम गर्ने कामदार पनि कोरोना भाइरसले संक्रमणमा परेको बताएको छ। एकजना गम्भीर भएको बताइएको छ।

चीनले यस भाइरस रोकथाम गर्न सकिने बताइरहँदा झन् बढ्दै गएपछि त्रास फैलिएको छ।

विश्व स्वास्थ्य संगठनले जनावरसँग नजिक नहुन, मासु तथा अन्डाजन्य पदार्थ राम्रोसँग पकाएर खान सुझाव दिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .