ad ad

कारोबार


नेपाललाई चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बनाउन राजदूत सोङसँग ढकालको आग्रह

नेपाललाई चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बनाउन राजदूत सोङसँग ढकालको आग्रह

नेपालखबर
साउन २३, २०८० मंगलबार १७:३८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ।  

भेटवार्तामा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताए।

नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पूर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ अध्यक्ष ढकालले राजदूत सोङको ध्यानाकर्षण गराए।

पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तर्राष्टिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत बताए।

साथै, ढकालले चिनियाँ पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न आग्रह गरे।

महासंघले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे। यसैगरि नेपालमा चिनियाँ बैंक आउन सक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतको ध्यानाकर्षण गराए।

लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए।

भेटका क्रममा राजदूत सङले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए।

उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए।

तर विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोङको भनाइ थियो।

चीनमा पनि सुरुमा विदेशी लगानीसँग नीति निर्माता सशंकित भएपनि पछि सुधार गर्दै गएको बताए। लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले बताए।

चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङले प्रस्तुत गरे।

यसैगरि तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भैरहेको जानकारी पनि राजदूत सङले दिए। भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .