ad ad

राजनीति


माधव नेपालबारे अमरेश सिंह : अदालतको आदेश आएपछि विदेशतिर लागे

माधव नेपालबारे अमरेश सिंह : अदालतको आदेश आएपछि विदेशतिर लागे

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार १७:४८, काठमाडौँ

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको विदेश यात्राबारे संसद्‍मा प्रश्न उठाएका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभाको आकष्मिक समयमा बोल्ने क्रममा उनले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आइतबार आदेश दिएलगत्तै नेपाल विदेशतिर लागेको बताए। 

‘एकातिर अदालतको आदेश आयो, अर्कातिर नेताहरु विदेश लागे’, उनले संसद्मा नेपालप्रति लक्षित गर्दै भने, ‘हुन त पूर्वप्रधानमन्त्रीहरुलाई कानुनले छुँदै छुँदैन। सानालाई समात्ने कानुन ठूलालाई नछोई जान्छ।’

उनले नक्कली भुटानी शरणार्थी र १०० केजी सुनकाण्ड विदेशीको दबाबका कारण सार्वजनिक भएको पनि बताए। १०० केजी सुन विदेशीकै दबाबमा बरामद भएकाले यसमा सरकारले ख्याल गर्नुपर्ने पनि बताए। 

‘अहिले मिलेर भ्रष्टाचार गरिरहँदा नेपाल विदेशीको अड्डा नबनोस्’, उनले भने, ‘दलहरुको अहिलेको चोचोमोचो केही दिनलाई हो, दलहरुप्रति वितृष्ण बढिरहेको छ। सर्वोच्च र सेना लगाएर भ्रष्टाचार नियन्त्रण गर्ने दिन धेरै टाढा छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .