साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.३७ अंकले घटेको छ।
घटेको बजारमा १८ कम्पनीको सेयरमूल्य बढेको छ भने १९७ घटेको छ। आज नेप्से घट्दा कारोबार भने बढेको छ। आज बजारमा २ अर्ब ६८ बढीको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन बजारमा १ अर्ब ७५ करोडको कारोबार भएको थियो।
बैंक तथा वित्तीय संस्थाको रिपोर्ट सार्वजनिक हुँदा पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन। जसकारण आज नेप्से १।८३ प्रतिशतले घट्न पुग्यो।
हालै आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भएका आईएमई लाइफ इन्स्योेरेन्स सेयरमूल्य ९.९९ प्रतिशत र रिपब्लिका मिडियाको ९.९८ प्रतिशतले बढेको छ।
आज प्रोग्रशिप फाइनान्सको सेयरमूल्य सर्वाधिक ९.४६ प्रतिशतले घटेको छ।
आज सानिमा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। सानिमा बैंकको १२ करोड ६९ लाखको कारोबार भएको हो।
त्यसैगरी एभरेष्ट बैंकको १२ करोड २१ लाख र एनआईसी एशियाको ११ करोडको कारोबार भएको छ।
नेप्सेमा आईएमई लाइफ इन्स्योरेन्सको सेयरमा सर्वाधिक खरिद माग रहेको थियो।
Shares
प्रतिक्रिया