कारोबार


सानिमा बैंकले गर्‍यो २ अर्ब ६१ करोड नाफा, लाभांश क्षमता १७.७३ प्रतिशत

सानिमा बैंकले गर्‍यो २ अर्ब ६१ करोड नाफा, लाभांश क्षमता १७.७३ प्रतिशत

नेपालखबर
साउन १९, २०८० शुक्रबार १३:४०, काठमाडौँ

सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मसम्ममा २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेर ६ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।  

बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ।

१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेर १७५ अर्ब र कर्जा लगानी ६.५० प्रतिशतले बढेर १५३ अर्ब पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad