ad ad

राजनीति


प्रज्ञा भवनमा माओवादी केन्द्रीय समिति बैठकको तेस्रो दिन (तस्बिरहरू)

प्रज्ञा भवनमा माओवादी केन्द्रीय समिति बैठकको तेस्रो दिन (तस्बिरहरू)

तस्बिरहरू : सरोज बैजु र प्रदीपराज वन्त।


नेपालखबर
साउन १९, २०८० शुक्रबार १३:५४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी छ। बुधबारबाट काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। 

बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगठानिक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका हुन्। 

सबै सदस्यहरूलाई बोल्न ५ मिनेटको समय उपलब्ध गराइएको छ।

साउन २१ गतेसम्मका लागि तय भएको बैठकको पहिलो दिन १८ र दोस्रो दिन ५६ जनाले धारणा राखेका छन्। बिहीबार बैठकमा धारणा राख्नका लागि १५० जना केन्द्रीय सदस्यहरूले नाम टिपाएका थिए। 

जसमध्ये बाँकीले आज धारणा राखिरहेका छन्। आजको बैठकमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्यहरू लेखनाथ दाहाल, कुमार पौडेल, मुक्ति प्रधान लगायतका नेताहरूले बैठकमा धारणा राखेका छन्। 

शुक्रबार बैठकका तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .