नेपाल वायुसेवा निगमको जहाज मलेसियामा डिले भएपछि छानबिन समिति गठन गरिएको छ।
मंगलबार बिहान क्वालालम्पुरबाट भैरहवा उडानको तयारीमा रहेको आरए ४२२ को नाइन एनएकेडब्लू जहाज डिले भएको थियो। जहाज डिले भएपछि १५२ यात्रु एयरपोर्टमा अलपत्र परेका थिए।
जहाज डिले भएको विषयमा निगमले छानबिन समिति गठन गरेको जानकारी दिएको छ।
नियमित इन्सपेक्सन गर्दा क्रु अक्सिजन बोटलको प्रेसर कम भएको जानकारी दिँदै निगमले विस्तृत छानबिन गरिने विज्ञप्तिमार्फत् जनाएको छ।
45
Shares

प्रतिक्रिया