काठमाडौंको बसुन्धराबाट प्रहरीले एक किलो भन्दा धेरै सुन बरामद गरेको छ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभर्याङमा दुर्गा बहादुर खत्री क्षेत्रीको कोठा खानतलासी गर्दा नक्कली सुन सहितका सामान फेला पारेको हो।
प्रहरीले गोरखाको आरुघाट गाउँपालिका–१० का ४८ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री र भारतको लखनउ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने वर्ष ४५ को विनय कुमार सिंहलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट २००० दरको भारतीय नक्कली नोट नोट थान–४, १००० दरको नेपाली नक्कली नोट जस्तो देखिने नोट थान–६, ५०० दरको भारतीय नक्कली नोट थान–४ बरामद भएको छ।
साथै, ‘१ केजी फाइन गोल्ड’ लेखिएको सुन थान–२, ‘१० जी फाइन गोल्ड ९९९.९’ लेखिएको सुन राखिएको क्यूआर कोड राखिएको प्याकेट थान–२००, ‘१० जी फाइन गोल्ड ९९९.९’ लेखिएको सुन जस्तो पहेँलो धातुका टुक्रा थान–२०, सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता थान–१०० बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट बागमती प्रदेश–०२–०४१ प ९८८५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल थान–१, लेमिनेसन मेसिन थान–१ र मोबाइल थान–२ पनि बरामद भएको छ।
उनीहरुविरुद्ध मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Shares

प्रतिक्रिया