कारोबार


सामसुङका मोबाइल ४० प्रतिशत रकम तिरेर खरिद गर्न सक्ने, ब्याज नलाग्ने

सामसुङका मोबाइल ४० प्रतिशत रकम तिरेर खरिद गर्न सक्ने, ब्याज नलाग्ने

नेपालखबर
असार ६, २०८० बुधबार १३:५२, काठमाडौँ

सामसुङले इन्स्टा फाइनान्स सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकलाई १ घण्टामै किस्ताबन्दीमा मोबाइल खरिद गर्न सकिने भएको हो। 

सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सुङजुङ पार्कले नेपालमा इएमआई योजना सार्वजनिक गरेका छन्।

उनले सामसुङका मोबाइल खरिद गर्दा बैंकमा जानुपर्ने अप्ठेरो हटेको बताए। ग्रहाकले सामसुङका आउटलेटबाट सहजै फाइनान्समा मोबाइल खरिद गर्न सकिने बताए।

निर्देशक प्रणिरत्न स्थापितले स्मार्ट फोन अत्यावश्यक भएको बताउँदै बैंकिङ फाइनान्स गर्दा धेरै झन्झट रहेको उल्लेख गरे।  

जसमा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने उनले बताए। यो योजना २५ हजारमाथिका मोबाइलमा लागू हुन्छ। ३ महिना देखि १ वर्षसम्मको किस्ताबन्दीमा मोबाइल ल्याएको हो।

खरिदकर्ताले नागरिकता र ग्यारेन्टीको नागरिकता र आम्दानीको स्रोत देखाउनु पर्छ। किस्तामा खरिद गर्दा ब्याज लाग्दैन।

यो सेवा २० शहरको २०० भन्दा बढी पसलमा लागू भएको छ। अझै नेटवर्क बढाउने तयारीमा रहेको बताइएको छ। आफ्नो नजिककै पसलबाटै किस्ताबन्दीमा मोबाइल खरिद गर्न सकिन्छ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हुलास फिन सर्भिस लिमिटेडले १ घण्टामा सेवा दिने बताए। ग्राहकको मोबाइल खरिद क्षमतामा बढाउन यो योजना ल्याएको उनले बताए। 

इस्टा फाइनान्सको लागि ४ अर्ब रूपैयाँ प्रयोग हुने बताइएको छ।

गोल्छाले अहिले सानो रूपमा भएपनि भविष्यमा यसले ठुलो असर गर्ने बताए। सम्पूर्ण इलेक्ट्रोनिक ग्रहाकलाई फाइदा हुने बताए।

मोबाइल इम्पोटर्स एसोसिएसनका अध्यक्ष दिपक मलोहत्राले मोबाइलको व्यापार बढाउन सहयोग पुग्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad