चितवनमा निमार्णाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक आर्थिक मामिला मन्त्री बाहादुर सिंह लामाले प्रदेशभित्रका रंगशाला कर्भडहल, खेलकुद पुर्वाधार निर्माणका लागि कुल ३६ करोड १० लाख विनियोजन गरेको बताएका हुन्।
यस्तै खेल संस्कृतिको विकास गरी युवालाई देश प्रेम र सामाजिक अनुसासनको भावना विकास गर्न, व्यवसायिक खेलाडी उत्पादन गर्न खेलकुद पुर्वाधारमा लगानी गर्ने उनले बताए।
प्रदेशभित्र खेलकुद प्रतियोगिता, खेलाडीलाई प्रेत्साहन र पुर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी उनले दिए।
30
Shares
प्रतिक्रिया