ad ad

कारोबार


चाइल्ड हेल्थको भवन बनाउन एभरेष्ट बैंकद्वारा १० लाख सहयोग

चाइल्ड हेल्थको भवन बनाउन एभरेष्ट बैंकद्वारा १० लाख सहयोग

नेपालखबर
असार १, २०८० शुक्रबार १२:२७, काठमाडौँ

एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन बनाउन आर्थिक सहयोग गरेकोव छ।

केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका एभरेष्टले रु १० लाख आर्थिक सहयोग गरेकोव हो।

सहयोग हस्तान्ततरण कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्राडा भगवान कोइरालालाई एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरे। उक्त सहयोगबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको उनले बताए।

कार्यक्रममा नायब महाप्रबन्धक केशवराज पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .