ad ad

कला


आदिपुरुष विवादबारे भुवन केसी - सेन्सर गर्नुपर्ने बोर्डको निर्णय मानेको भए यो दिन आउने थिएन

आदिपुरुष विवादबारे भुवन केसी - सेन्सर गर्नुपर्ने बोर्डको निर्णय मानेको भए यो दिन आउने थिएन

नेपालखबर
असार १, २०८० शुक्रबार १२:३५, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि प्रतिक्रिया जनाएका छन्। बोर्डले ल्याएको 'सात दिनभित्र सेन्सर सिफारिस' नियम लागू नहुँदा पछिल्लो परिस्थिति सिर्जना भएको उनले बताएका छन्।

‘जानकी भारतकी छोरी हुन्’ संवाद नसच्चाएसम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरभित्र फिल्म चल्न नदिने बताएका थिए। बालेनको उक्त निर्णयपछि आदिपुरुष निर्माताले उक्त संवाद हटाउने निर्णय गरिसकेको छ।

चलचित्र संघले पत्र नै काटेर फिल्म रोक्न निर्देशन दिएको थियो। विवादबीच बोर्डका अध्यक्ष केसीले भनेका छन्, ‘बोर्डले गरेको निर्णय आत्मसात भएको भए आज यो दिन आउने थिएन।’

पछिल्लो परिस्थितिको जिम्मेवारी विदेशी फिल्मको वकालत गर्नेले लिनुपर्ने उनले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताकै प्रमुख हात छ। यस प्रकारको घटनाले भोलि हल संचालकहरूमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला? रिलिजको मुखमा आएर रोकिनुपर्‍यो भने आखिरमा कसलाई घाटा भयो? तसर्थ, बोर्डले गरेको निर्णय आत्मसात गरेको भए आज यो दिन आउने नै थिएन।’

तीन दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियमको पनि विरोध भैरहेको भन्दै भुवनले दुखेसो पोखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .