कारोबार


हुलाक बचत बैंकको समस्या अध्ययन गर्न समिति गठन

हुलाक बचत बैंकको समस्या अध्ययन गर्न समिति गठन

नेपालखबर
जेठ २२, २०८० सोमबार १४:९, काठमाडौँ

हुलाक बचत बैंकका समस्या समाधान गर्न अध्ययन समिति गठन भएको छ।

केन्द्रीय धनादेश कार्यालयका कार्यालय प्रमुख निशा थापा राउतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।

समितिको सदस्यमा हुलाक विभागका निर्देशक ध्रुवराज आचार्य, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका शाखा अधिकृत पवनराज कोइराल, राष्ट्रिय वाणिज्य बैंकका प्रवन्धक शंकर रेग्मी र केन्द्रीय धनादेश कार्यालय शाखा अधिकृत शालिकराम बस्याल सदस्य सचिव रहेका छन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले अध्ययन कार्यदल गठन गरेको हो।

कार्यदलले बचत बैंकको सम्साय (खाता संख्या, लगानी अवस्था, रकम विवरण), बचत बैंक रहेको स्थान र राष्ट्रिय वाणिइ बैंक रहेको स्थानको विवरण, निक्षेपकर्तालाई राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराउने सेवा सुविधा, खाता हस्तान्तरणको प्रक्रिया एवम् व्यवस्थापनको समग्र ढाँचासहितको समझदारी पत्रको मस्यौदा समितिले तयार गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .