ad ad

कारोबार


स्वदेशी उत्पादनलाई बजार दिँदै करेन्ट

स्वदेशी उत्पादनलाई बजार दिँदै करेन्ट

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १२:२८, काठमाडौँ

सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमाबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामग्रीको बजारमा प्रविष्ट भएको कम्पनी यसोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनिसकेको छ।

स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केही वर्षमै आज करेन्ट नेपाली बजारमा छाउँदै भारत अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ।

विदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रतिवर्ष २५ देखि ३० लाख अमेरिकी डलर बराबरको निर्यातले प्रस्ट पार्दछ। देशभर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगभग १५ हजार मानिसलाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ।

मकवानपुर जिल्लाबाट खुर्सानी खरिद गर्दै करेन्टले त्यहाँका किसानलाई बजार दिएको छ भने गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका केही किसान समूहलाई समेत लगानी प्रदान गर्दै खुर्सानी खेतीका लागि प्रोत्साहन पनि गरिरहेको छ। किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका विभिन्‍न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ। यसले देशका केही ठाँउमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्‍ने भावनालाई पनि उजागर गरिरहेको छ।

सकेसम्म देशभित्रकै सामग्री र खाद्यान्‍न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा पनि निकै ठूलो टेवा पुर्याएको देखिन्छ। देशको खस्कँदो अर्थतन्‍‍‍त्रमा निर्यात मार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफू जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको छ। करेन्टले देशभित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्यांकले बताउँछ।

रोजगारी, देशको आर्थिक विकास र खस्कँदो कृषि क्षेत्रको पुनरुत्थानमा विशेष प्रभाव पार्ने यस कम्पनीले गरीब सिमान्तकृत बालबालिकाहरुलाई छात्रवृत्ति लगायत अन्य थुप्रै राष्ट्रिय हितका कार्यहरु पनि गर्दै आएको छ। पिरो चाउचाउ भन्ने वित्तिकै विदेशी ब्राण्ड सम्झिने नेपाली जिब्रोलाई स्वदेशी परम्परागत स्वाद चखाउने उदेश्यले सञ्चालनमा आएको करेन्टले छोटै समयमा नेपाली बजारमा आफ्नो भिन्न पहिचान स्थापित गरिसकेको छ।

दाङदेखि दुबईसम्म, मकवानपुरदेखि मलेसियासम्म र विश्वभर लेकप्रिय हुँदै गएको करेन्ट रेजगारी र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थ्यको हिसाबले पनि अरु ब्रण्डको तुलनामा निकै स्वस्थ मानिन्छ। स्थानीय खुर्सानीमा पाइने सम्पूर्ण गुणहरु यस चाउचाउमा पाइने र कुनै मिसावट नभएकैले यसलाई धेरै मानिसहरुले रुचाएको देखिन्छ।

नेपालमै उत्पादित खुर्सानीको प्रयोगबाट स्वस्थ चाउचाउ बजारसम्म पुर्याउँदै आएको करेन्टको बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसानहरु लाभान्वित हुने देखिएको छ। यसले गर्दा धेरै वर्षदेखि बाँझो बसेका खेतहरु पनि प्रयोग हुने र निर्यात मार्फत देशको आर्थिक स्थितिमा निकै सुधार आउने देखिन्छ।

नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशको लागि एउटा गर्वको कुरा त हो नै अझै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यापार व्यवसाय गर्ने सोच राख्‍नेहरुका लागि एक उत्कृष्ट उदाहरण पनि हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .