बुद्ध एयरमा भाइहरुबीच कम्पनीको सेयरमा विवाद आएको छ। वीरेन्द्र बहादुरका भाइ शिवेन्द्र बस्नेतले ४० प्रतिशत सेयर हिस्सा नपाएकोमा विवाद सुरु भएको हो।
शिवेन्द्र आफैँ पाइलट हुन्। उनी अमेरिकामा बसोबास गर्दा बुद्ध एयरमा उनको प्रत्यक्ष संलग्नता थिएन।
‘एयरलाइन्समा बाबुको ८० प्रतिशत सेयर स्वामित्व र दाजु वीरेन्द्र बस्नेतको नाममा २० प्रतिशत सेयर कायम थियो,’ पत्रकार सम्मेलन गर्दै शिवेन्द्रले भने, ‘बुवाले आफ्नो नाममा रहेको ८० मध्ये ४० प्रतिशत दाजुको परिवारमा र ४० प्रतिशत मेरो परिवारको नाममा रहेको छ।’
कम्पनीमा ४० प्रतिशत सेयरको प्रतिनिधीत्व गर्ने सेयरधनीहरुको तर्फबाट अख्तियार प्राप्तगरी आफूले बुद्ध एयरमा हिसाब किताब हेर्ने, योजनाहरुमा जान्ने कोसिस गरेपनि सफल नभएको बताए। उनले कम्पनीको कार्यालयमा जान समेत नदिएको गुनासो गरेका छन्।
Shares
प्रतिक्रिया