ad ad

कारोबार


नेपालमा लगानी आकर्षित गर्न डीएफआईका प्रतिनिधिले अर्थमन्त्रीलाई दिए ६ सुझाव

नेपालमा लगानी आकर्षित गर्न डीएफआईका प्रतिनिधिले अर्थमन्त्रीलाई दिए ६ सुझाव

नेपालखबर
बैशाख ६, २०८० बुधबार १८:५९, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग स्विस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच नेपालमा निजी लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ।

नेपालको विकासमा आवश्यक निजी पुँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ। प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा डीएफआईका प्रतिनिधिहरुले ६ वटा सुझाव प्रस्तुत गरेका थिए।

सो क्रममा मन्त्री डा. महतले डीएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नियमन संयन्त्रबारे चर्चा गर्दै मन्त्री महतले भने, ‘लगानी आकर्षण गर्न नयाँढंगले वर्तमान सरकार लागिरहेको छ र यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ, तपाईहरुले दिनुभएका महत्वपूर्ण सुझावका लागि धन्यवाद दिन्छु। ’

सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासकालागि नयाँ औजारहरु लिएर अगाडी बढ्न आजको छलफल सान्दर्भिक रहेको डा. महतले बताए।

छलफलमा डीएफआईका तर्फबाट एडीबी, ब्रिटिसको बीआईआई, अमेरिकाको डिएफसी, नेदरल्याडको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआइएफइएमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .