ad ad

कारोबार


वरिष्ठ उपाध्यक्षको मतगणना अपडेट : ५ सय मत गन्दा रामचन्द्र संघाई सबैभन्दा अगाडि

वरिष्ठ उपाध्यक्षको मतगणना अपडेट : ५ सय मत गन्दा रामचन्द्र संघाई सबैभन्दा अगाडि

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ८:५८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फको मतगणना भइरहेको छ। 

वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उम्मेदवार छन्। 

५०० मत गणना हुँदा उमेशलाल श्रेष्ठको १५६, अन्जन श्रेष्ठको १६१ र रामचन्द्र संघाईको १७५ मत आएका छन्। 

महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत,  एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।

महासंघमा वस्तुगततर्फ १२३ मतदाता छन्। एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता छन्। जिल्ला/नगरका ११८ मतदाता छन्।

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ। 

अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .