कारोबार


अर्थमन्त्री र गभर्नरबीच भेटघाट, यी एजेण्डामा भयो छलफल

अर्थमन्त्री र गभर्नरबीच भेटघाट, यी एजेण्डामा भयो छलफल

नेपालखबर
चैत २१, २०७९ मंगलबार १२:२५, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ।

मंगलबार अर्थ मन्त्रालयमा मन्त्रालय र राष्ट्र बैंकका उच्चअधिकारी समेतको सहभागितमा वर्तमान अर्थतन्त्रका विषयमा छलफल भएको हो।

गभर्नर अधिकारीसहितका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर अर्थमन्त्री महतले देशको वर्तमान आर्थिक अवस्थाका बारेमा छलफल गरेका हुन्। 

बैंकको ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्यवृद्धिलगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालय जनाएको छ।

साथै, अर्थमन्त्री डा. महतले निजी क्षेत्रका अधिकारीहरूलाई भेटेर समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका थिए ।

छलफलका क्रममा गभर्नर अधिकारीले अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । उनले गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप घट्दो क्रममा रहेको जानकारी अर्थमन्त्रीलाई गराएका हुन्।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी बढिरहेको भन्दै आगामी दिनमा क्रमशस् ब्याजदर पनि घट्दै जाने गभर्नर अधिकारीले जानकारी दिए। मन्त्री महतले निजी क्षेत्रले ब्याजदर बढी भएको गुनासो गरेको भन्दै ब्याजदर घटाउने सम्भावनाबारे चासो राखेका थिए ।

रेमिट्यान्स आप्रवाहमा भएको सुधारले विदेशी मुद्राको सञ्चितिमा सुधार भए पनि आगामी दिनमा उच्च दरमा आयात बढ्यो भने फेरि अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्न सक्ने उनले बताए ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad