नेपाल उद्योग वाणिज्य महासंघको हुनलागेको चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको प्यानलका प्रबलजंग पाण्डेले भरत आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।
उनलाई श्रेष्ठको प्यानलले एसोसिएटतर्फ उपाध्यक्षमा चुनावमा उठाउन लागेको थियो। तर पाण्डेले उमेशलाल श्रेष्ठको प्यानलका आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्।
‘उमेशजी र अञ्जनजीको टिमको साझा उम्मेदवार भरत आचार्य हुनुहुने भएको छ’, पाण्डेले भने।
अञ्जन र उमेशका साझा उम्मेदवार आचार्यले रामचन्द्र संघाईको तर्फबाट एसोसिएट उम्मेदवार ज्योत्स्ना श्रेष्ठसँग छलफल गरेर सर्वसम्मतको लागि प्रयास गर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघको २८ र २९ गते हुने नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको हो।
अञ्जन श्रेष्ठले दर्ता गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी
63
Shares

प्रतिक्रिया