कृषि विकास बैंक ह्याकिङमा फरार रहेका एक जनालाई प्रहरी अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रंगेली २ का ४३ वर्षीय दिपक नेपाल रहेका छन्।
नेपाललाई गत १८ गते पक्राउ गरी आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। उनले नाइजेरियन र भारतीय नागरिकहरुसँग मिलेर नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रहरीको भनाइ छ।
उनले भारतको मुम्बई तथा नेपालमै बसेर त्यस्तो योजना बनाएका थिए। योजनाअनुसार नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको वारदातमा ह्याकिङ गरेको १ करोड रकमसहित फरार रहँदै आएकामा पक्राउ परेका हुन्।

प्रतिक्रिया