राजनीति


५२ वटा इरानी क्षेत्रमा छिटै र कडा आक्रमण गर्ने निशाना तय गरिएको ट्रम्पको चेतावनी

५२ वटा इरानी क्षेत्रमा छिटै र कडा आक्रमण गर्ने निशाना तय गरिएको ट्रम्पको चेतावनी

नेपालखबर
पुस २०, २०७६ आइतबार ५:३०,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५२ वटा इरानी क्षेत्रहरुलाई आक्रमणको निशानामा राखिएको र त्यहाँ ‘निकै छिटो र निकै कडा’ आक्रमण गरिने चेतावनी दिएका छन्।

इरानले अमेरिकी नागरिक र उसको सम्पत्तीमाथि आक्रमण गरे अमेरिकाले त्यसको जवाफमा ती ५२ क्षेत्रमा आक्रमणका लागि तयार रहेको उनले चेतावनी दिएका हुन्।

अमेरिकाले इरानका एक शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि वासिंगटन र तेहरानबीच तनाव बढिरहेका बेला ट्रम्पको यो चेतावनी आएको हो। ट्रम्पले सामाजिक सञ्जाल ट्विटमार्फत् सो चेतावनी दिएका हुन्।

उता इरानले आफ्ना जर्नेललाई मारेको बदला लिने जनाएको छ।

‘इरानले अमेरिकी सम्पत्तीमाथि आक्रमणको निशाना लगाउँदै निकै चर्को कुरा गरिरहेको छ। हामीले ५२ वटा इरानी साइटहरु निशानामा राखिसकेका छौ, जुन इरान र इरानी संस्कृतीका लागि निकै महत्वपूर्ण छन्,’ उनले ट्विटमा लेखेका छन्। ‘त्यहाँ निकै छिटो र निकै कडा आक्रमण गरिनेछ। अमेरिकाले अब धेरै धम्कि चाँहदैन।’

‘उनीहरुले हामिलाई आक्रमण गरे अनि हामिले पनि प्रत्याक्रमण ग¥यौं,’ उनले चेतावनी दिएक छन्। ‘यदि उनीहरुले फेरि आक्रमण गरे भने उनीहरुले अहिलेसम्म कहिले पनि नव्यहोरेको आक्रमण गर्नेछौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad