नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ।
प्राधिकरणले दृश्यात्मक उडान (भीएफआर)मा बादलभित्र उडान गर्ने दुई पाइलटलाई अर्को आदेश नभएसम्म उडानमा निलम्बन गरेको हो।
यसबारे छानबिन गरिरहेको प्राधिकरणले जनाएको छ।
‘दृश्यात्मक उडानमा बालदभित्र उडान गर्ने २ जना वायुयान चालकलाई अर्को आदेश नभएसम्म उडानमा निलम्बन गरी थप छानबिन प्रक्रिया अघि बढाइएको छ’, प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणका एक उच्च अधिकारीका अनुसार पोखरा–जोमसोम उडान गर्ने पाइलटले भीएफआर उडानमा बादलभित्र उडान गर्दा कारबाहीमा परेका हुन्। आईएफआर उडानमा बादलभित्र उडान गर्न पाइने भए पनि भीएफआरमा उडान गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ।
भीएफआर आखाले बाहिरको पूरा दृश्य हेरी उडान गर्नु हो भने आईएफआर उपकरणको भिजिबिलिटीमा उपकरणको सहायता लिनु हो।
गत जेठमा पोखरा जोमसोम उडानको क्रममा जहाज दुर्घटना भएसँगै मौसम खराब हुँदा कडाइ गर्दै आएको छ।
पोखरा जोमसोम उडान समिट र तारा एयरले उडान गर्दै आएका छन्।
Shares

प्रतिक्रिया