राजनीति


अध्यक्ष शेर्पाले पत्र आतंक मच्चाएको भन्दै नेविसंघ काठमाडौंको आपत्ति

अध्यक्ष शेर्पाले पत्र आतंक मच्चाएको भन्दै नेविसंघ काठमाडौंको आपत्ति

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १७:३९, काठमाडौँ

काठमाडौंलगायत विभिन्न जिल्लामा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले चिठी आतंक मच्चाएकाे भन्दै नेविसंघ काठमाडौंले  सच्याउन एकहप्ते अल्टिमेटम दिएकाे छ। 

उसले म्याद सकिएकाे अध्यक्षकाे समय थप्न नहुने भन्दै  जिल्लाहरुमा वितरण गरिएकाे पत्र खारेज गर्नुपर्ने माग गरेको हो। 

माघ पूरा नभए  रिले अनशन, आमरण अनशनलगायतका कडा आन्दोलन कार्यक्रम गर्ने नेताहरुले बताएका छन्। उनीहरुले यसअघि नै नेविसंघ केन्द्रीय कार्यालय र काठमाडौं कांग्रेस कार्यालयमा तालाबन्दी समेत गरिसकेका छन्। 

आफ्नो मागप्रति गम्भीर बन्न कांग्रेस नेतृत्वलाई आग्रह गर्दै यसबाट निस्किने जुनसुकै परिणामकाे जिम्मेवारी लिन समेत माग गरेका छन्। 

यसबाहेक उनीहरुले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप समेत लगाएका छन्। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै  विद्यार्थी नेताहरुले गैरन्यायिक ढंगले टिकट वितरण भएको बताए। 

कार्यक्रममा नेविसंघ काठमाडौं जिल्ला सचिव उज्ज्वल बज्राचार्यले स्ववियु निर्वाचनको टिकट वितरणमा र जिल्लाकाे पत्र आतंकविरुद्ध देशभर विरोध गर्ने चेतावनी दिए।

‘केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जसरी पत्र वितरण गरेका छन्। हामी त्यसको देशभरबाट विरोध गर्छौं’, उनले भने।

नेविसंघका नेता जोनिस क्षेत्रीले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको बताए।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला समितिका कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाही नेविसंघ काठमाडौं जिल्ला समितिका उपाध्यक्ष बविन गुरुङ, फोर्सका केन्द्रीय अध्यक्ष अमन भुसाल, लगायतले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघभित्रका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको आरोप लगाए ।

उनीहरुले केन्द्रबाट नेविसंघको ब्याकग्राउन्ड नै थाहा नभएकालाई पत्र वितरण भइरहेको आरोप लगाउँदै यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad