ad ad

कारोबार


नेपाल इन्भेस्टमेन्ट बैंकको ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ योजना

नेपाल इन्भेस्टमेन्ट बैंकको ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ योजना

नेपालखबर
पुस १७, २०७६ बिहिबार ८:३८,

विश्वव्यापी रूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा सामाजिक रूपमा जिम्मेवार रहने आफ्नो निरन्तरको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रबद्र्धन गर्ने उद्देश्यसहितको बिशेष योजना ल्याएको छ।

बैंकले ल्याएको साढे सात वर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’बाट निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन्, किनकी यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ। यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुनेमात्र नभइ यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषि देखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने छ, जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको छ।

लगानीका क्षेत्रहरू विशुद्ध रूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने (कार्बन न्युट्रिलाइजेसन) का दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएका छन्।

यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिँदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् र यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिनेछ।

यो योजनाप्रति आमनागरिकहरूको समर्थनले हाम्रो समाज, राष्ट्र र समग्रमा विश्वमै व्यापक प्रभाव पर्ने बैंकको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .