ad ad

समाज


‘ब्युरोका प्रहरी हौँ’ भन्दै सर्वसाधारणलाई धम्क्याउँदै हिँड्ने दुई जना पक्राउ

‘ब्युरोका प्रहरी हौँ’ भन्दै सर्वसाधारणलाई धम्क्याउँदै हिँड्ने दुई जना पक्राउ

नेपालखबर
पुस १७, २०७६ बिहिबार ८:३४,

‘हामी ब्युरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ कागेश्वरी नगरपालिका–७ मुलपानी, थापागाउँबाट प्रहरीले दुई नक्कली प्रहरीलाई पक्राउ गरेको हो।

 पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन्।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा।८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाईल ४ थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५  रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

उनीहरु दुबैलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाउको प्रहरीले  जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .