ad ad

समाज


स्मार्टफोनको लत छुटाउन छोरालाई २ हजार किलोमिटर भ्रमण गराए यी पिताले..

स्मार्टफोनको लत छुटाउन छोरालाई २ हजार किलोमिटर भ्रमण गराए यी पिताले..

नेपालखबर
पुस १७, २०७६ बिहिबार ८:४५,

यसबाट फोन गर्न मात्र होइन पढ्न मिल्छ, फोटो खिच्न मिल्छ, इन्टरनेट, सामाजिक सन्जाल चलाउन मिल्छ।

त्यसकारण यसलाई हामी नकार्न सक्दैनौं। तर यसले केही समस्याहरु पनि निम्त्याएको छ।

स्मार्टफोनमा अनलाईन भिडियो गेम खेल्न मिल्छ। आजभोलि बालबालिकाहरु भिडियो गेममा यसरी लोभिएका छन् उनीहरु पढ्न छाडेर गेम खेलिरहन्छन्।

त्यतिमात्र होइन स्मार्टफोनको पहुँच इन्टरनेटसम्म हुन्छ। त्यहाँको अश्लिल सामाग्रीले बालबालिकाहरुलाई नकरात्मक असर पनि गरिरहेको छ।

यसरी नै स्मार्टफोनको लतमा फसेका थिए क्यानडाका १८ वर्षीय किशोर खोबी क्लर्क। फोन भएपछि उनलाई केही चाहिँदैन थियो।

उनी अनलाईन भिडियो गेममा मस्त हुन्थे। यसले उनको पढाई र स्वास्थ्यमा असर गरिरहेको थियो।

यतिकैमा खोबीका पिता जेमि क्लर्कले उनलाई स्मार्टफोनको लतबाट छुटाउन जुक्ति निकाले। जेमी र खोबी बाबुछोरा भ्रमण निस्किए।

Jamie Clarke and his son Khobe in Mongolia

खोबी सुरुवातमा भ्रमणमा जान इच्छुक थिएनन्। तर पिताको आग्रह उनले अस्वीकार गर्न पनि सकेनन्।

क्यानडास्थित क्लालागेरी अलवर्टामा घर भएका उनीहरु गत जुलाई २८ का दिन मंगोलियाका लागि मोटरसाइकलमा निस्किएका थिए।

उनीहरुले धेरै हिमाल, पहाड, खोला, ताल, नदीहरुको अवलोकन गरे। घोडाको सवारी गर्दै क्याम्पमै दिनरात कटाए।

त्यसबेला इन्टरनेट थिएन। खोबीले भिडियो गेम खेल्न पाएनन्। सामाजिक सन्जाल चलाउन पाएनन्।

उनले बीबीसीसँग आफ्नो अनुभव सुनाउँदै भन्छन्,‘सुरुवातमा नरमाइलो लागेको थियो। इन्टरनेट सामाजिक संजाल बिना कसरी दिन कटाउने भन्ने लागेको थियो। तर पछि प्राकृतिक सौन्दर्यले मन भुलायो।’

Jamie Clarke and his son Khobe in Mongolia

उनीहरुले २ हजार २ सय किलोमिटरको यात्रा मोटरसाइकलबाटै गरे। खोबीका अनुसार पितासँग बिताएको यो पल जीवनकै सबैभन्दा सम्झना लायक पल रह्यो।

आफूले पितासँग कहिल्यै जीवनका दुख, कष्टबारे कुरा नगरेको बताउँदै खोबीले भ्रमणका क्रममा पिताबाट व्यवहारिक ज्ञानहरु पाएको बताउँछन्।

खोबीका पिता जेमी पनि छोरासँग यतिबेला निकै खुशी छन्। यतिबेला छोरा स्मार्टफोनलाई भन्दा परिवारलाई समय दिने उनको भनाइ छ।

एकपटकको भ्रमणमै छोरामा आएको ठूलो परिवर्तनले जेमी मख्ख छन्।

Jamie Clarke and his son Khobe in Mongolia

Khobe Clarke in Mongolia

Image result for smartphone addiction

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .