नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ।
राष्ट्र बैंकले पाँच वर्ष अवधिको लागि ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको हो।
बचतपत्र मुलुकबाहिर रोजगारीमा रहेमा संग्लन वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा खरिद गर्न पाउनेछन्।
लगानी गर्दा न्यूनतम १० हजार र बढीमा दश हजारले भाग गर्दा निःशेष भाग जाने गरि आह्वान गरिएको रकमसम्म आवेदन दिन पाउनेछन्।
उक्त बचतपत्रको वार्षिक ब्याजदर साढे १२ प्रतिशत ब्याजदर तय गरेको छ। ब्याज भने ६÷६ महिनामा भुक्तानी गरिने उल्लेख छ।
बचतपत्र बिक्री खुल्ला अवधि २०७९ फागुन १४ गतेदेखि चैत ३ गतेसम्म छ।
बचतपत्रमा लगानी गर्न चाहाने लगानीकर्ताले वाणिज्य बैंक र बिक्रीका नेपाल बाहिरका सम्पर्क व्याक्ति र सम्पर्क नम्बरमार्फत आवेदन दिन पाउनेछन्।
Shares

प्रतिक्रिया