ad ad

कारोबार


गभर्नरलाई सँगै राखेर वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

गभर्नरलाई सँगै राखेर वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

नेपालखबर
फागुन २१, २०७९ आइतबार १५:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन्। 

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गरेका हुन्। 
उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याबारे सरोकारवालाहरुसँग छलफल गरे। 

पछिल्लो समय लघुवित्त,सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन्। बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन्। 

यता बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । बैंकहरुले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरु समेत सडक आन्दोलन गरिरहेका छन्। 

प्रधानमन्त्री दाहालले यिनै विषयमा सरोकारवालाहरुसँग छलफल सुरु गरेका छन्। 

छलफलमा मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .