ad ad

कारोबार


अर्थमन्त्री भन्छन्- सबै क्षेत्रमा सुविधा कटौती गर्नुपर्ने अवस्था छ

‘सरकारी बैंकलाई प्रतिस्पर्धी बनाउँछौँ’
अर्थमन्त्री भन्छन्- सबै क्षेत्रमा सुविधा कटौती गर्नुपर्ने अवस्था छ

नेपालखबर
माघ १०, २०७९ मंगलबार १६:३, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले सरकारी बैंकलाई  प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताएका छ्न्।

राष्ट्रिय वाणिज्य बैंकको ५८औँ वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन्। 

उनले सरकारी बैंकको सेवा गुणस्तरीय बनाएर बैंकलाई प्रतिस्पर्धी बनाउन छ्लफल समेत भइरहेको बताए। 

साथै, बैंक नाफा कमाउने मात्र नभएर सरकारको वित्तीय नीतिमा रहेर कार्य गर्न आग्रह गरे । 

उनले बैंकले अनुचितभन्दा उचित ढंगले सेवा प्रवाह गर्न भनेका छ्न्। ‘नेपाली अर्थतन्त्र केही समस्यामा छ’, उनले भने, ‘केही चुनौती छन्। तरलताको समस्या छ।’

यस्तो अवस्थामा अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताउँदै पौडेलले उनले सरकार आर्थिक वृद्धि हासिल गर्न प्रतिबद्ध रहेको जनाए। 

‘यस्तो अवस्था बैंकले आफ्नो मुनाफा मात्र केन्द्रित हुँदैन’, उनले भने, ‘सरकारको बैंकले वित्तीय नीतिको कार्यान्वयन गर्नपर्छ।’

अहिलेको अवस्थामा सरकारी कार्यालय मात्र होइन सबै क्षेत्रमा सुविधा कटौती गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .