कारोबार


कृषि उत्पादन वृद्धि हुने गरी काम गर्छु : कृषिमन्त्री साह

कृषि उत्पादन वृद्धि हुने गरी काम गर्छु : कृषिमन्त्री साह

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १४:३, काठमाडौँ

कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाएकी छिन्। 

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै किसानहरुले खर्च अनुसारको उत्पादन गर्न नसकेको भन्दै कम खर्च गरी धेरै उत्पादन वृद्धि गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन्। 

उनले प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र हुने बताइन्। उनले आम किसान निराश भएकाले अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउने बताइन्। 

उनले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा र कृषि बीमाको अनलाइन भुक्तानी गर्नेगरी निर्णय गरिरहेको बताइन्। उनले किसानका पीडामा मलम लगाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताइन्। 

उनले आफू स्वयं किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले  मुख्य जिम्मेवारी आम किसानका पीडामा मल्हम लगाउनु पहिलो प्राथमिकता रहेको बताइन्। 

उनले कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको बताइन्। उनले अब अनलाइन भुक्तानी हुनेगरी पहिलो निर्णय गराएको भन्दै राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको पनि बताइन्। 

उनले आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पुर्‍याएको बताइन्। मन्त्री साहले दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने बताइन्।

मन्त्री साहले नेपालमा २५ मेट्रिक टन दुध उत्पादन हुने भन्दै दुधबाट दुध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गर्न सकिने बताइन्। उनले स्वदेशमै रोजगारी सिर्जना हुने गरी काम गर्न सरकार लागिरहेको बताइन्।

उनले अहिलेका चुनौती सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad