कारोबार


टाटाको मेगा सर्भिस क्याम्प १० गतेदेखि १२ सम्म

टाटाको मेगा सर्भिस क्याम्प १० गतेदेखि १२ सम्म

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १८:४८, काठमाडौँ

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यही  पुस १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्दै छ। 

यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।  त्यसैगरी,  बाँकी ९ वटा उपत्यकाबाहिरका  स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , धनगढी , नेपालगंजमा रहेको कम्पनीले जनाएको छ।

क्याम्पमा  टाटाका  "पेसेन्जर" श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक  जाँच गरिनेछ। यस्तो  जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन्।  

म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश :  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस ,  सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि: शुल्क प्रदान गरिनेछ।   

यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेजअन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad