कला


एकै ठाउँमा प्रेम, विछोड र बदलाको कथा ‘गुञ्जन’ (ट्रेलर)

एकै ठाउँमा प्रेम, विछोड र बदलाको कथा ‘गुञ्जन’ (ट्रेलर)

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १९:४, काठमाडौँ

नेपाली कथानक फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ। आगामी पुस २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको १ मिनेट ४५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो। 

सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र बदलाको कथा देखाइएको छ। फिल्मका शिर्ष कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई समेटिएको छ। 

अष्ट महर्जनले निर्देशन गरेको यो फिल्ममा सारा र प्रितम, करिबका साथमा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्। 

दुई दशक लामो समय द्वन्द्व निर्देशनमा बिताएका अष्ट महर्जनको यहि फिल्म मार्फत निर्देशनमा डेब्यू गरेका छन्। कलाकार प्रितमराजले पनि यहि फिल्मबाट रजतपटमा पाइला राखेका हुन्। 

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको यो फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो। प्रेमकथामा बनेको फिल्मलाई काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad