कारोबार


आगामी शनिबार किड्स एक्स्पो आयोजना गर्दै आईएमएस ग्रुप

आगामी शनिबार किड्स एक्स्पो आयोजना गर्दै आईएमएस ग्रुप

नेपालखबर
पुस ६, २०७९ बुधबार १८:२६, काठमाडौँ

आईएमएस ग्रुपले शिशु र बालबालिकाहरुको लागि नेपालको पहिलो र सबैभन्दा ठूलो किड्स एक्स्पो आयोजना गर्ने भएको छ। 

आगामी शनिबार नक्सालमा रहेको राई स्कूलमा एक्स्पो आयोजना हुने भएको हो। आईएमएस ग्रुप यसको टाइटल स्पोन्सर र स्मार्टडोको अनलाइन पार्टनर रहेका छन्।

अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरु  जस्तै  डा. ब्राउन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रीमबेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सी.जी फूड्स, मामाअर्थ, बेबी ट्री,चोकोफन,कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेसन, कृष्णा पौरोटी भण्डार र अन्य धेरै ब्राण्डहरुको 
स्टल प्रदर्शनमा हुनेछ । 

अभिभावक र बच्चाहरुले विभिन्न स्टलहरुबाट सामान किनमेल गर्न,स्वादिष्ट खानाहरु खान, विभिन्न खेलहरुका मजा लिन साथ साथै लक्की ड्रमा सहभागी भई पुरस्कारहरु जित्ने मौका पाउन सक्नेछन्।

भिजिटरहरूले ब्राण्डहरुमा भारी छुट र अफरहरुको मज्जा  लिन सक्नेछन्। एक्स्पोमा सेलिब्रिटीआमाहरु जस्तै प्रियंका कार्की, जेनिसा मोक्तान, रीचा शर्मा र श्वेता खड्का आफ्ना बच्चाहरुसँग उपस्थित हुनेछन्।

भिजिटरहरूले २५० रुपैयाँमा टिकट  खरिद  गर्न सक्नेछन्, जसमा १३ वर्षभन्दा मुनिका बच्चाहरुलाई नि:शुल्क प्रवेश हुनेछ। 
आगन्तुकहरुले ई-सेवाबाट अनलाइनमा टिकटहरु खरिद गर्न सक्नेछन् वा आईएमएस लिटिल स्माइल्स शोरूमहरु (दरबारमार्ग र सिटी सेन्टर), राई स्कूल (नक्स|ल), किड्जको (आयप्लेक्स मल, बानेश्वर), र गुडफेलास (बसन्तपुर) मार्फत टिकटहरु खरिद गर्न सक्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad