ad ad

कारोबार


धनगढीदेखि इको रिसोर्ट गोदावरीसम्म टीभीएस ‘राइड’

धनगढीदेखि इको रिसोर्ट गोदावरीसम्म टीभीएस ‘राइड’

नेपालखबर
पुस ३, २०७९ आइतबार १५:४५, काठमाडौँ

नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा धनगढी शोरुमदेखि शालिनीवाटिका र इको रिसोर्ट गोदावरीसम्मको एनओजी (एनटर्क वनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ। 

धनगढी शोरुमबाट सुरु भएको सवारी शालिनीबाटिका एण्ड इको रिसोर्टमा समापन भएको थियो। राइडरहरू बीच एकतामा विभिन्न गेमिङ गतिविधिहरू आयोजित गरिएका कम्पनीले जनाएको छ।

गेमिङ गतिविधिहरु सँगै, सबै राइडरहरुलाई सहभागिताको प्रमाणपत्र र केही रोमाञ्चक उपहारहरु प्रदान गरिएको थियो। सवारीमा करिब ५० जना सवार सहभागी थिए। नेपाल सरकारको स्वीकृतिमा सुरक्षाका सबै सावधानी अपनाएर सवारी सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्राविधिक टोलीले सवारी चलाउँदा सवारी चालकले पालना गर्नुपर्ने विभिन्न सडक सुरक्षा नियम र नियमहरूको बारेमा जानकारी प्रदान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .